स्थानीय चुनावको तयारीमा जुट्यो नयाँ शक्ति

१५ Naya-Shakti-Nepal-1-768x460चैत, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ ।

मंगलबारबाट सुरु भएको पार्टीको संघीय परिषदको बैठक स्थानीय तहको निर्वाचनसम्बन्धि रणनीति तय गर्ने एजेन्डामा केन्द्रित छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा। भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा संशोधनमार्फत संविधानको स्विकार्यता बढाउँदै निर्वाचन सम्पन्न गर्नु पार्टीको मुख्य कार्यभार रहेको उल्लेख छ ।

२ दिनसम्म चल्ने बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी रणनीति तय गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको एक वर्षे कार्यकालको पनि समिक्षा हुनेछ । विगतको समिक्षा गर्ने र पार्टीलाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने गरी निर्वाचनको तयारी गर्ने विषयमा सबै प्रदेशका नेताहरुसँग सुझाव लिने पार्टीको तयारी छ ।

बैठकमा सबै प्रदेशका र देश बाहिरका संगठनसहित १ हजार प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी