March 22, 2020

स्थलमार्ग हुँदै भारतबाट आउने नेपाली बढे

कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवार मात्रै ठूलो सख्यामा नेपालीहरू स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भारतसँग जोडिएका नाकाहरूमध्ये शनिवार सबैभन्दा बढी विराटनगरको रानी नाकाबाट १८ हजार नेपाल भित्रिए । यस नाकामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहारामा भीड व्यवस्थापन गरिएको थियो । 

भारतीय पक्षले समेत चेकजाँच गरेर मात्रै नेपाल पठाइरहेका कारण चेकजाँच सामान्य तवरले भएको रानी नाकामा स्वास्थ्य परीक्षणमा संलग्न संजयकुमार सिंहले बताए । यसअघि शुक्रवार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीवार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिंहले बताए ।  

कञ्चनपुरको गड्डाचौकीबाट १४ हजार नेपाली स्वदेश फर्किए । कोरोना संक्रमणबाट जोगिन शनिवार बिहानैदेखि गड्डाचौकी नाकामा ठूलो भीड लागेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार नेपाल प्रहरी र सशस्त्रको सहारामा भीडलाई व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण