September 18, 2020

सोर्सफोर्सका आधारमा पक्राउलगत्तै रिहा

पृथ्वीचोकमा तुलाचन फेन्सी सञ्चालन गर्दै आएका क्षितिज तुलाचन एकाएक पक्राउ परे । करिब ४ बजे सादा पोसाकका प्रहरी च्यानल बनाउँदै तुलाचनसम्म पुगेको थियो । लागूऔषध किन्ने बहानामा पुगेको प्रहरीले तुलाचनलाई केही रकम दिएर लागूऔषध किन्यो । त्यसलगत्तै वैदाम प्रहरीको भ्यानमा हत्कडी लगाई अपराधीलाई झैं पक्रेर दुई चार मुक्का बजाउँदै चौकी लगे ।

तुलाचनलाई प्रहरीले त्यसरी लगेको देख्दा व्यवसायीहरु अचम्ममा परे । लागूऔषध कारोबार गर्ने गरेको भन्ने सुराकीको आधारमा प्रहरी त्यहाँसम्म पुगेको थियो । तर पक्राउ परेका तुलाचन साँझ आफ्नै पसलमा आइपुगे । लछारपछार तथा कुटपिट गर्दै लगेको प्रहरीले साँझ पसलमा देख्दा त्यहाँका स्थानीय छक्क परेका थिए ।

 

पक्राउ परेको डेढ घण्टामा नै छुटेर आएका तुलाचन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको नातेदार भएको खुलेको छ । त्यति मात्र होइन, उनी गएको निर्वाचनमा नेकपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका गोविन्द तुलाचनका छोरा भएको खुल्न आएको छ ।

‘प्रहरीले हतकडी लगाएर लगेका व्यक्ति डेढ घण्टामा नै छुटे, उनी यही वडामा वडाध्यक्षमा हारेकाका छोरा हुन् । अमिक शेरचनको छोरा, ज्वाइँ त्यस्तै केही पर्छन्।’ –एक प्रत्यक्षदर्शीले भने ।

स्रोतका अनुसार तुलाचनलाई लागूऔषधसहित पक्राउ गरे पनि फोनको भरमा छाडिएको हो । शुक्रबारका दिन त्यसमा पनि अपराह्नको समयमा पक्राउ परेका व्यक्ति उनलाई अनुसन्धान नै गर्ने हो भने पनि त्यति चाँडो सकिँदैनथ्यो ।

उता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले तुलाचनबाट केही नभेटिएको बताउनुभयो । ‘हामीले शंकाको आधारमा पक्राउ गरेका हौं । केही भेटिएन त्यसैले छाडेका हौं।’ –प्रमुख श्रेष्ठले भन्नुभयो । तुलाचनबाट केही चिज बरामद गरिएको प्रहरी उच्चस्रोतले बताएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्