May 27, 2017

सोमबारसम्म मौसम बदलने

जेठ १३, काठमाण्डाै । पश्चिमी वायु र पूर्वी भेगमा मनसुनी वायुको प्रभावले शुक्रबार  देशभरि बदली भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका सबै स्थानमा बादल लागेको र पानी परेको छ ।  महाशाखाका मौसमविद् विभूति पौडेलका अनुसार आउँदो सोमबारसम्म छिन छिनमा पानी पर्ने र छिन छिनमा आकाश खुल्ने क्रम जारी रहने सम्भावना रहेको छ ।उनले भने, ‘यो प्रिमनसुनको बेला हो ।

एकै छिनमा पानी पर्ने र एकै छिन घाम लाग्ने भइरहन्छ ।  यो क्रम अझै एक दुई दिन रहने सम्भावना रहेको छ । ’ शुक्रबार दिउँसो पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रमा सबै स्थानमा बदली भएको छ भने पूर्व र मध्यका तराई र पहाडी क्षेत्रमा वर्षा भएको छ ।

विराटनगरमा ४७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने सिमरामा ३९ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।  दिपायल, सुर्खेत, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, ताप्लेजुङमा पनि पानी परेको महाशाखाले जनाएको छ ।  पछिल्ला दिनमा तराई क्षेत्रमा तापक्रम पनि वृद्धि भएको महाशाखाले जनाएको छ ।

शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ४२ डिग्रिसेल्सियस रेकर्ड गरिएको छ ।  त्यसैगरी धनगढी र भैरहवामा ४१ डिग्रिसेल्सियस, सिमरामा ४० डिग्रिसेल्सियस तापक्रम रहेको छ ।  गत हप्ता यी स्थानमा तापक्रम ३५ डिग्रिसेल्सियसको हाराहारीमा थियो । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने