सोनी टिभीले कपिलको कार्यक्रमको साटो सुनिलको कार्यक्रम राख्ने

sunil-grover-kapil-sharma-7591

चैत २६ – यो वर्ष कपिल शर्मालाई फापेन । उनको स्थिती दिनप्रतिदिन बिग्रँदो छ । सहकर्मी सुनिल ग्रोवरसँगको उनको झगडा साम्य हुने नामै लिँदैन । दैनिकजसो हामीले उनीहरुबारे केही नयाँ जानकारी पाएका हुन्छौं तर स्थिती सप्रनुको साटो बिग्रँदो छ।

मिडियामा पुनः अर्को खबर फैलिएको छ । केही भारतीय मिडियाले दाबी गरे अनुसार सोनी टेलिभिजनले कपिल शर्माको कार्यक्रको साटो सुनिलको कार्यक्रमलाई स्थान दिएको छ ।

सुनिलले द कपिल शर्मा शो छोडेपटि कार्यक्रमको टिआरपी ह्वात्तै घटेको छ जुन सोनी टिभीका लागि स्विकार्य नभएको बताइएको छ ।

सुनिलको नयाँ कार्यक्रममा सोनी टेलिभिजनले अनुसन्धान गरिरहेको र त्यसबारे छलफल र कुराकानी भइरहेको जनाइएको छ । सुनिल ग्रोवरलाई अर्को टेलिभिजन च्यानल – कलर्सले नयाँ कार्यक्रमको लागि प्रस्ताव राखेको बताइएको छ । यद्यपी, उनले यो प्रस्तावलाई भने स्विकार नगरेको जानकारीमा उल्लेख छ ।

समाचार एजेन्सी डीएनए भन्छ, ‘सोनीसँग रिंकु भावी र डा। मसुर गुलाटीको भूमिकामाथि अधिकार छ र उनीहरुले यसमार्फत धेरै पैसा पनि कमाइरहेका छन् । त्यसकारण यी पात्रमार्फत् भिन्न कार्यक्रम बनाउने उनीहरुले सोच बनाइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं