सोनाक्षी सिन्हाले गायिका सोना महापात्रालाई ट्विटरमा ब्लक गरिन्, किन ?

sona-sonakshi

काठमाडौं, १६ वैशाख — बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गायिका सोना महापात्रासँग ट्विटरमा झगडा गरेपछि ब्लक गरिदिएकी छन् ।

महापात्राले ब्लक गरिएको वालको स्क्रीनशट राख्दै लेखिन्, ‘हाहाहा । मैले यी प्रतिभा, लावण्य र बुद्धिमत्ताकी धनीलाई मैले फलो गरेकै थिइनँ ।’

सोनाक्षीले प्रसिद्ध अमेरिकी पपस्टार जस्टिन बीबरसँग मे १० मा मुम्बईमा लाइभ पर्फर्मेन्स गर्न लागेपछि यो विवाद जन्मेको हो ।

यसअघि अरमान मलिकले पनि सोनाक्षीसँग यसै विषयमा झगडा गरेका थिए । कैलाश खेरले सोनाक्षी म्युजिक कन्सर्टमा गाउन योग्य नभएको लेखेपछि अरमानले सही थापेका थिए ।

महापात्राले पछि इन्स्टाग्राममा लेखिन्, ‘राम्रो खबर के भने म्याडम अभिनेत्रीले कुनै पनि म्युजिक कन्सर्टमा अब तत्कालै शुरुवाती गीत गाउने छैनन् । उनी त टिभीका अवार्ड शोमा नाच्ने क्रममा लिपसिंक मात्र गर्नेछिन् ।’

सोनाक्षीले विवादपछि कन्सर्टमा नगाउने भनी आधिकारिक विज्ञप्ति निकालेपछि महापात्राको यो टिप्पणी आएको हो ।
देशमा प्रतिभाशाली गायकहरू हुँदाहुँदै सोनाक्षीले गाउनु अपमानजनक भएको महापात्राको व्यंग्य छ । सोनाक्षीले भने आफूलाई गायनमा रुचि भएको र यसका लागि कसैको अनुमति लिइरहनु नपर्ने भन्दै ट्विट गरेकी थिइन् ।

यसैबीच सोनाक्षीका भाइ लव सिन्हाले अरमान र अमाल मलिकलाई दिदीको आलोचना गरेकोमा भर्त्सना गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं