सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त, २५ जनाको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।  

हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए । सो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ । 

प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए । प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए ।  

तालिबानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरुले सामान्यतया यात्राका लागि हेलिकप्टरको प्रयोग गर्दछन् । 

युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन् । 
गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकप्टर फराहमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार कम्तीमा चार जनाको मृत्यु भएको थियो । 

सेप्टेम्बर महिनाकै शुरुमा उत्तरी बाल्ख प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा दुई जना उक्रेनी नागरिक सहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । 

पश्चिमी देशहरुले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाई फौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण