सेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौं, १७ असार । धितोपत्र बजारमा यस साता  एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार धितोपत्र दलाल सङ्घले मूल्य अभिवृद्धि कर तिर्ने वा नतिर्ने विषयमा आपत्ति जनाएपछि बजार बन्द भएको थियो । बाँकी दिनमा कुल १६० कम्पनीको ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

गत साता १६४ कम्पनीको दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९१ अङ्कले घटेर अन्तिम दिन एक हजार ५६३ दशमलव ८१ अङ्कमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ०९ अङ्कले घटेर ३३१ दशमलव ६६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा हिमालयन बैंक अग्रस्थानमा छ । सो बैंकको  १२ करोड ६७ लाख १० हजार बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभू बैंक लिमिटेड अग्रस्तानमा थियो । सो बैंकको छ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि