नवलपारासी, १ भदौ– भारतले बनाएको बाँधका कारण डुवानमा परेको भन्दै नवलपरासीका सुस्तावासीले नहरको बाँध भत्काएका छन् ।
आफ्नो ठाउँको पानीको निकास नभएको भन्दै उनीहरुले नहरको बाधमा खनेर पानी निकास गर्न खनेका छन् ।
स्थानीयले बाँध भत्काउन लागेको सूचना पाएका नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख स्थानीयले खनिरहेको स्थानमा पुगेर अवलकोन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयले खेतकाे पानी नहरमा खसाल्न नहर नजिक खनेको भन्दै त्यसलार्इ बाँध भत्काएकाे भन्न नमिल्ने दाबी गरे । उनले भने, ‘उहाँहरूले जमेको पानीको निकाश गर्न खाेज्नु भएको हो, तर हामीले भारतीय पक्षसँग कुरा गरेर मिलाउन भनेपछि उहाँहरूले मान्नु भयो ।’
स्थानीयले बाँधका कारण पानीकाे बहाव राेकिएको र खेतिपातिमा समेत असर गरेपछि बाध्य भएर पानीको निकास खोजेको बताए । प्रमुख जिल्ला अधिकारीले भारतीय पक्षसँग कुराकानी गरेका पानीको निकासको व्यवस्था गर्ने आश्वासन दिए । र, बाँधमा खन्नबाट स्थानीयलाई रोके ।
केही दिन अघि देखि परेको पानीपछि आएको बाढीका कारण जनधनको क्षति भएको र भारतले लगाएको बाँधका कारण पानी रोकिएको भन्दै उनीहरुले पानी कटाउनका लागि नहरको बाँध नजिकै पानी निकासको स्थान बनाउन शुरु गरेका थिए ।
उनीहरुले नहरसँग खन्न थालेसँगै भारततर्फ पनि त्यसबारे जानकारी गराइएको छ । त्यससँगै भारतीय अधिकारीहरु पनि घटनास्थलमा आएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।