चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । साथै, आगामी दिनमा सुनको मूल्य थप बढ्न सक्ने महासंघको अनुमान छ ।
मंगलवार विश्व बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६ तोला) १५८७ डलर थियो । तर बुधवार भने त्यो बढेर प्रतिऔंस १६०८ डलरसम्म पुगेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य प्रतितोला ७७ हजार १०० पुगेको छ, जुन हालसम्मकै महँगो हो ।
नेपालले अन्तरराष्ट्रिय बजारबाटै सुन आयात गर्ने हो । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजार अनुसार नै निर्धारण हुन्छ र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ । यसअघि सुनको मूल्य माघ १९ गते प्रतितोला रू. ७६ हजार ५०० पुगेर नयाँ रेकर्ड राखेको थियो । त्यसपछि भने रू. ७५ हजारको हाराहारीमा झरेको थियो । अहिले भने उक्त विन्दु पनि तोडेर नयाँ कीर्तिमान राखेको छ ।
महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले नेपालमा सुनको मूल्य प्रतितोला रू. ८० हजारसम्म पुग्ने अनुमान गरिएको बताए ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण