सुख्खा पहिरोको कारण , नारायणगढ–मुग्लिन सडक अवरुद्ध

०३  साउन, चितवन ।चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो ।यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै आएको थियो । सोमबार साँझदेखि रोकिएका गाडी पहिरोका कारण आज जान पाएका छैनन् । पहिरो पन्छाउन केही घण्टा लाग्ने जनाइएको छ ।

जिप्रका, चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार असार २५ देखि रातिको समयमा गाडी रोकेर बिहानमात्रै पठाउने गरिएको छ । पहिरोले सबै गाडी रोकिएका छन् ।ठूला बस, मिनीबस, माइक्रोबस तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाड्ने गरिएको छ ।पोखराबाट आउने सवारीलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौँबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिएको छ । ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र बिहान ५ बजे छाड्ने गरिएको छ ।यस्तै, चितवनबाट जाने ट्रकलाई जुगेडी चौकी आसपासमा muglin-road-1-696x443साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने गरिएको छ ।

पोखराबाट आउने ट्रकलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडाँैबाट आउने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुवै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने गरिएको भए पनि आज भने पहिरोका कारण सबै गाडी रोकिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको