३१ भदौ, रौतहट : प्रदेश नं. २ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो ।
शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।
रौतहट जिल्लाको २६ किलोमिटर भू–भाग भारतीय सिमानासँग जोडिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।