May 8, 2017

सिर्जना फाइनान्सको शाखा पथरीमा

नेपाल राष्ट्र बैंकबाट २०५६ सालमा ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने ईजाजत पाएको सिर्जना फाइनान्स लिमिटेडले मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरी बजारमा १९ औ शाखा संचालनमा ल्याएकोे छ । २०७३ चैत्र १ गते देखि नै पथरीमा बैंकिङ कारोबार संचालन गरिरहेको उक्त शाखा को विधिवत उद्घघाट वैशाख २४ गते आईतबार भएको छ । फाईनान्सको उद्धघाटन पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ र सिर्जना फाइनान्सका अध्यक्ष तथा उद्योग संगठन मोरङका उपाध्यक्ष सुयल प्याकुरेले गर्नु भएको छ ।
मोरङ, सुनसरी र सप्तरी गरी ३ जिल्ला कार्यक्षेत्र रहेको सिर्जना फाइनान्स लिमिटेडको केन्द्रिय कार्यालय विराटनगर उप–महानगरपालिकाको हनुमानदास रोडमा रहेको छ । बैंकिङ कारोबार संचालनको सुरुवात देखिनै निरन्तर मुनाफा दिईरहेको फाइनान्स सर्वसाधारणमा शेयर निष्काशन गर्ने पूर्वाञ्चलकै पहिलो वित्तीय संस्था रहेको पथरी शाखाका शाखा–प्रबन्धक अर्जुन खतिवडाले बताउनुभएको छ ।
उद्धघाटन समारोहमा बोल्दै सिर्जना फाइनान्सका अध्यक्ष तथा उद्योग संगठन मोरङका उपाध्यक्ष सुयल प्याकुरेले “नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निर्देशन र सुपरिवेक्षणमा संचालित यस वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो र विश्वसनीय सेवाका लागि अत्याधुनिक बैंकिङ सुविधा प्रदात गर्दै आईरहेको” बताउनुभएको छ ।
फाइनान्सले शहरोन्मुख ग्रामिण क्षेत्रहरुमा शाखा विस्तार गर्दै निती अनुरुप पथरीशनिश्चरेको हरित नगरी पथरी बजारमा शाखा स्थापना गरिएकोमा पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले शुभकामना ब्याक्त गर्नु भयो ।
फाइनान्सले मोरङको विराटनगर, कंचनबारी, कर्सिया, रंगेली, सलकपुर तथा डाँगीहाट, सुनसरीको दुहबी, चक्रघट्टी, सप्तरीको राजविराज, भारदह, कंचनपुर, कल्याणपुर तथा फत्तेपुर (सप्तकोशी)मा शाखा संचालन गर्दै आईरहेको छ ।  १६ वर्ष अघि स्थापना भएको सिर्जना फाइनान्सले गत चैत्र सम्मको वित्तीय विवरण सार्वजानिक गर्दै ३० करोड चुक्ता पूँजी र १३ करोड जगेडा कोष रहको जानकारी दिएको छ । यसैगरी फाइनान्सले २ अर्ब ८३ करोड रुपैंया निक्षेप संकलन गरी २ अर्ब ५३ करोड रुर्पैया कर्जा लगानी गरेकोे छ । फाईनान्सको संचालन मुनाफा १३ करोड ३ लाख रुपैंया रहेको जानकारी दिएको छ । १ महिनाभित्रै मोरङको कटहरी, नेताचौक, सुनसरीको इनरुवा, हरिनगरा, लौकही र सप्तरीको बोदेबर्साईन र पातोमा शाखा खोल्दै छ ।

 फाईनान्सले साधारण बचत खाताहरुमा सून्य मौज्दात, निःशुल्क एटिएम, निःशुल्क मोबाईल तथा एस.एम.एस. बैंकिङ, निःशुल्क एविविएस सुविधा, सन्ध्याकालिन काउन्टर, निःशुल्क चेक क्लियरिङ–ई.सि.सि, अन्तरबैंकिङ भुक्तानी–आई.पि.एस. सुविधा सहित वार्षिक न्युनतम ७ देखि ९ प्रतिशत सम्म र मुद्दती खातामा १३ प्रतिशत सम्मको उच्चतम ब्याजदर प्रदान गरिरहेको छ ।

नेपाल स्टोक एक्सचेन्ज लिमिटेडका अनुसार गएको तेस्रो त्रयमासमा ३७ दिन कारोबार भएको फाइनान्सको शेयरको अधिकतम मूल्य ६३४, न्यूनतम मूल्य ३५७, अन्तिम मूल्य ६२२ र कूल कारोबार शेयर संख्या ४६,२७३ रहेको छ । प्रतिशेयर ३६.५७ आम्दानी वार्षिक रहेको फाइनान्सको मूल्य–आम्दानी अनुपात १७, प्रतिशेयर नेटवर्थ १४४.२१, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ११०२.०३ र तरलता २०.७१ रहेको तेश्रो त्रयमासको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी