सिरिया : तेस्रो विश्वयुद्धतर्फ अघि बढ्ने क्रममा, कुन देशले कसको साथ देला ?

Trump-and-Putin

एजेन्सी । सिरियामा भएको रासायनिक हमलापछि संसारका दुई ठूला मुलुकहरु आमनेसामने भएका छन् । सिरियाको असद सरकारको बचाउको निम्ति रुसले आफ्ना शस्त्रहरुसमेत पठाइसकेको छ । उता, अमेरिकी विदेश मन्त्री टिलरसनले भने सिरियाका विद्रोही ठाउँहरुमा भएका रासायनिक हमला रुसको कारण भएको बताएका छन् । यस्ता बढ्दा घटनाका क्रम बढ्दै गएपछि अब के यी तेस्रो विश्वयुद्ध हुने संकेत हुन् ?

यदि हो भने यसमा कुन देशले कसको साथ पाउला त ? अमेरिकालाई साथ दिने मुलुकहरु कुनकुन हुन् ? सिरियामा गृहयुद्ध सुरु भएदेखि नै अमेरिकी मुलुक त्यसको विपक्षी थियो । अन्य नेटोका सहयोगी देशहरु ब्रिटेन, फ्रास, जर्मनीलगायतका देशहरु अन्तर्राष्ट्रिय परिवेशमा अमेरिकाकै पक्षमा लागेको देखिन्छ । सिरियाको छिमेकी देश टर्की भने पहिलेबाटै अमेरिकाको पक्षमा भइसकेको छ । सिरिया बोर्डरमा रुसको विमान खसेदेखि टर्की र रुसबीच तनाव थियो । यसरी अमेरिकी समर्थक देशहरु अहिले इटलीमा भेटवार्ता गर्दै रुसलाई सिरियाबाट कसरी टाढा रहन दबाब दिन सकिन्छ भन्नेबारे छलफल भइरहेको अनुमान गरिन्छ ।

ब्रिटेन
ब्रिटेन सरकारले अमेरिकी हमलाको पूरा समर्थन गर्दै त्यसलाई उचित र सिमित रहेको बताए ।

टर्की
टर्कीका राष्ट्रपति तैयप अर्दोआनले अमेरिकी आक्रमण सिरियामा भइरहेको कथित युद्धको सही जवाफ रहेको बताएका छन् ।

इजरायल
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले एउटा बयान जारी गराएर अमेरिकी हमलाको साथ दिएका छन् ।

फ्रान्स
फ्रानस बाहिरबाट हेर्दा अमेरिकाको साथमा देखिएपनि युद्धका बेलामा भने अलिक हिचकिचाउने गरेको छ । पेरिस हमलापछि फ्रान्सले सिरियामा बमबारी गराउँदा रुससँग तनाव सिर्जना भएकोले सायद अब अमेरिकाकै पक्षमा देखिन सक्छ फ्रान्स ।

साउदी अरब
अमेरिका जसरी नै साउदी अरब पनि सिरियाका असदलाई कुनै पनि हालतमा हटाउनुपर्छ भन्ने पक्षमा छन् । सन् २०१३ मा असदले साउदी अरबमा गरेको हमलाविरुद्ध अमेरिका नबोलेका कारण रिसाएको थियो तर अहिलेको अवस्थामा भने अमेरिकी नेतृत्वको आइएसविरुद्धको लडाइँमा साउदी अरबले पनि साथ दिँदै आइरहेको छ ।

रुसका पक्षमा कुुुन-कुन देश ?
अहिले रुस, इरान र सिरिया सरकार अमेरिकी हमलाको जवाफ दिने पक्षमा जुटेका छन् । अमेरिकाले गत हप्ता गरेको सिरिया हमलापछि रुसले यसको कडा आलोचना गरेको थियो । सिरियाका असदलाई राष्ट्रपति ट्रम्पले सञ्चार माध्यमकै अगाडि नानाथरी आरोप लगाएका थिए । यस कारण यी मुलुकहरु एकआपसका विरोधी रहेका छन् ।

इरान
सिरियाका राष्ट्रपति बशर अल असदका समर्थक इरानले अमेरिकी आक्रमणका विरुद्धमा पहिले नै कडा प्रतिक्रिया जनाएका थिए ।

चीन
चीन सरकारले भने सिरियाको बिग्रँदो हालतप्रति चिन्ता व्यक्त गरेको छ । कुनै पनि देशमा हुने रासायनिक हतियारको प्रयोगप्रति चिनियाँ सरकारले सधैँ विरोध गर्ने गरेको छ भने उतातिर सिरियाको अवस्थामा सुधार ल्याउनुपर्ने कुरामा पनि चीनले जोड दिँदै आएको छ ।

-आजतकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी