सिन्धुलीमा नयाँ शक्तिले गर्यो उम्मेदवारको नाम घोषणा

nayashaसिन्धुली, चैत २६ – नयाँ शक्ति पार्टी ३ नं प्रदेश संयोजक गङ्गानारायण श्रेष्ठले दलको हैसियतमा निर्वाचन चिह्न नदिइए निर्वाचन हुन नदिने बताएका छन् ।

नयाँ शक्ति सिन्धुलीको बैठकको निर्णय सार्वजनिकीकरणका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलको हैसियतका आधारमा दलिय निर्वाचन चिह्न दिनुपर्ने बताए ।
श्रेष्ठले भने “निर्वाचन आयोगले दल दर्ता गर्न आग्रह गर्ने अनि दर्ता भएका दललाई स्वतन्त्र रुपमा चुनाव चिह्न दिन्छु भन्नुको अर्थ निर्दलीय व्यवस्थातर्फ देशलाई लग्न खोजिएको छ । यसमा नयाँ शक्तिले पूर्ण रुपमा विरोध गरेर निर्वाचन हुनै दिँदैन ।”सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको पनि श्रेष्ठको आरोप थियो ।

उम्मेदवारी तयारी

निर्वाचनका लागि सिन्धुलीका विभिन्न स्थानीय तहमा प्रमुख पदका उम्मेदवारसमेत सार्वजनिक गरिएको छ ।
कमलामाई नगरपालिका प्रमुखमा दीर्घराज श्रेष्ठ, घ्याङ्लेक गाउँपालिकाकामासुरजबहादुर स्याङ्तान र तीनपाटन गाउँपालिकाका अध्यक्षमा सरोज पुलामी मगरलाई उम्मेदवार बनाइने तयारी भइरहेको र अन्य स्थानमा पनि चाँडै टुङ्गो लगाइने जिल्ला संयोजक दीर्घराज श्रेष्ठले बताए ।

बैठकले निर्वाचन तयारीका लागि विभिन्न समितिसमेत गठन गरेको छ । दीर्घराजको संयोजकत्वमा दुई सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति, एवं उम्मेदवार छनोट तथा वार्ता समिति गठन गरिएको छ ।

त्यस्तै सुरजबहादुर स्याङ्तानको संयोजकत्वमा निर्वाचन घोषणापत्र तथा प्रतिबद्धतापत्र मस्यौदा समिति तथा वन्दना सुवेदीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी