सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

मंसिर २९, काठमाडौँ : दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।  

मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  

मृतकहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ, जुगल७ की नै सबिना तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ, सोही ठाउँकी मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ र भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत ६ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।  

यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित