सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य शुरु भएको हो । सूर्योदय जिप तथा ट्याक्सी कम्पनी प्रालिको आयोजनामा बिहीबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यातायात व्यवसायीका प्रतिनिधिलाई टिकट बुक हस्तान्तरण गर्नुभयो ।
उहाँले यात्रुलाई प्रदान गरिने टिकटमा ठाउँको समेत नाम राखेर भाडादर लेखिनुपर्नेमा जोड दिनुभयोे । सरकारले इलामको फिक्कलबाट विर्तामोडसम्म रु १५०, इलामसम्म रु १५०, पशुपतिनगरसम्म रु ५०, कुटिडाँडासम्म रु ५०, श्रीअन्तुको भञ्ज्याङसम्म रु १२० र तीनघरेसम्म रु ५० भाडादर निर्धारण गरेकोे छ ।त्यस्तै फिक्कलबाट नयाँबजारसम्म रु १८०, गोर्खेसम्म रु १०० भाडादर तोकिएको छ । (रासस)
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।