सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु

भदौ २१, बनेपा – सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ ।

anfTsf/sf cleo'QmnfO{ ;fj{hlgs ;fd"lxs anfTsf/sf qmddf Pshgf dlxnfsf] d[To' ePsf] cleof]udf ;+nUg ^ hgfnfO{ kqmfpkl5 a'wjf/ lhNnf k|x/L sfof{no w'lnv]ndf ;fj{hlgs ub}{ k|x/L . tl:a/ M k]df nfdf, sfe|]knf~rf]s, /f;;

फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

“अझै विस्तृत अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौँ”, प्रहरी उपरीक्षक थापाले भने । बनेपामा जडान भएको सिसी टिभी क्यामेराको सहयोगमा खोजी गर्दा अभियुक्तहरुलाई फरक फरक मितिमा फरक फरक स्थानबाट एक साताको अवधिमा पक्राउ गरिएको थियो । पक्राउ परेका सबै अभियुक्तले प्रहरीलाई बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

रिक्सा चलाउने, प्लम्बर कार्यमा संलग्न भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगर माथि सामूहिक बलात्कार भएको थियो । उनीसँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध कायम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार उनी विगतमा पनि मादकपदार्थ सेवन गरी घरमा नआउने गरेको कारण खोजीका लागि पीडित पक्षले उजुरी नगरेको जानकारी दिँदै अर्धनग्न अवस्थामा फेला परेकी उनको शव देखेर आफन्तले चिनेका थिए । अभियुक्त सबैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइनेछ । मृतकको अझै शवपरीक्षण प्रतिवेदन आइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न