सामसुङका उपाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, ५ वर्ष जेल सजायँ

एजेन्सी – दक्षिण कोरियाको एक अदालतले भ्रष्टाचार आरोपमा सामसुङ ईलेक्ट्रोनिक्स कम्पनीका उपाध्यक्ष लि जे योङलाई ५ बर्षको जेल सजाय सुनाएको छ ।

Samsung-VC

राजधानी सोलको तल्लो अदालतले ली लाई तत्कालीन राष्ट्रपति पार्क गुन हेई नेतृत्वको सरकारलाई आफ्नो पक्षमा पार्न घुस दिएर ठुलो घोटाला गरेको आरोपमा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियाका तेस्रो धनी नागरिकका रुपमा रहेका ली पुर्व राष्ट्रपति पार्कका विश्वासपात्र मध्येका एक थिए । ली ले पुर्व राष्ट्रपति पार्कलाई प्रभावमा पारेर ६५ करोड बढी भ्रष्टाचार गरेको आरोप पुष्टि भएको दक्षिण कोरियाली समाचार संस्था योन्हापले उल्लेख गरेको छ ।
यस्तै ली माथि झुटो बयान दिएको, विदेशी सम्पति लुकाएको आरोप पनि रहेको समाचारमा उल्लेख छ । आरोपकर्ताहरुले ली माथि १२ बर्षको जेल सजायँको माग गरेका थिए । गएको फेब्रुअरीदेखि प्रहरी हिरासतमा रहेका ली ले भने आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतको फैसलाबिरुद्ध अपिल गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त