सात वर्ष साउदीको जेलमा बसेर फर्किँदा श्रीमती त अरु नै कसैसँग गइसकिछन्

चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् ।

विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत परेको हुन्छ । त्यसको उदाहरण हुन भर्खरै साउदी जेलबाट छुटेर फर्किएका १० जना नेपाली ।

जेल सजाए भोगेका ती १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो । जेल छुटेर नेपाल आएपछि उनीहरुले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए । उनीहरु १० मध्य वीरबहादुर बुढाथोकी, भिमप्रसाद चिमोरिया र रामबहादुर तामाङलले साउदी जेलको यातनाको बारेमा वर्णण गरेका छन् । उनीहरुले गरेको कुराकानीको सम्पादित अंश–saudi-returns-nepalaaja

मेरो नाम वीरबहादुर बुढाथोकी हो । घर ओखलढुंगामा पर्छ । म सन् २००७ मा साउदी गएको थिए ।

घरमा धेरै ऋण थियो । आम्दानीको श्रोत थिएन । बुबाआमा दुबै जना बिरामी भएकाले उपचार गर्ने खर्चसमेत थिएन । विवाहित भएकाले जिम्मेवारी पनि थपिएको थियो । विदेश नगई नेपालमा बसेर परिवार पाल्ने बिकल्प नै थिएन् ।

बुबाआमाको उपचार गर्छु, घरपरिवारलाई सुख दिन्छु, भएको सबै ऋण तिर्छु भनेर मैले विदेश जाने निर्णय लिएँ । विदेश जानको लागि सयकडा ३ मा ऋण लिएँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्