सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण

काठमाडौं, पुस २८ः नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको छ ।४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको ‘नेपालकै उत्कृष्ट आधुनिक संरचना’को हाल बीसौंतलामा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धर बताउछन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहरा भूकम्प गएको तीन वर्षपछि २०७५ भदौ २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको संयुक्तरूपमा जिम्मा पाएका चिनियाँ कम्पनी जीआई ईटीसी र नेपाली कम्पनी रमन जेबीले २०७७ असोज २० मा काम सक्नेगरी सम्झौता गरेका थिए ।कोभिड १९ का कारण केही समय काम रोकिएपछि निर्माण अवधि थप भएको मानन्धरले बताए। उनले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने–‘यदि कोभिडले असर नपारेको भए आज हामी धरहराबाट काठमाडौं निल्याल्दै हुनेथियौं ।’ऐतिहासिक धरहरा पुनर्निर्माणमा केही विदेशी प्राविधिकबाहेक सबै नेपाली गरी दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म कामदारले काम गर्दैआएका छन् । ३ अर्बकोे लगानीमा बन्न लागेको उक्त धरहरा पुनर्निर्माणमा नेपाली उत्पादनका ९० प्रतिशत सामग्री प्रयोग भएको जनाइएको छ ।दुई लिफ्टसहित एउटा फलामे भर्याङ रहने धरहराको पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ भने प्रत्येक तलामा एक सानो झ्याल हुने र धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्नसक्ने ठाउँ हुनेछ ।धरहरामुनि दुई तलाको सपिङ सेन्टर बनाइँदैछ भने बाहिर बाँकी रहेको भागमा जमिनमुनि नै पार्किङ बनाइँदै छ ।

धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर निर्माण गर्न लागिएको भए पनि ती सपिङ सेन्टरमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने मानन्धरले जानकारी दिनुभयो । धरहराको सपिङ सेन्टर हेरेपछि नेपालमा उत्पादन हुने कलात्मक वस्तुहरूको जानकारीका लागि पनि सपिङ सेन्टरको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । हरियाली बगैंचा, मनमोहक दृश्यसहित बन्न लागेको धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने तथा भित्र पसलमा राखिएका सामानहरूले नेपालको पहिचान झल्काउने परिकल्पना छ ।

जम्मा २७ मिटर जमिनभित्र गाडिएको धरहरामा जमिनमुनि हुने दुई तलाको सपिङ सेन्टरसहित उचाइ ८७ मिटर हुनेछ । १८ तलामा अवलोकन हल राखिनेछ । हलमा भूकम्पले नेपालमा पारेको असरलगायत नेपालको बारेमा जानकारीमूलक भिडियोहरू राखिनेछ भने बाहिरी अवलोकन २० तलाबाट गर्न सकिन्छ । माथिका दुई तला धरहराको चुचुरोमा प्रयोग हुनेछ । १८३२ मा भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो भने २०७२ सालको भूकम्पबाट पूरै क्षतिग्रस्त भएको थियो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी