साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने

saudi-arebia-768x411काठमाडौँ, ३० कात्तिक । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।

आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निर्णय त्यहाँको सरकारले गरेको हो ।

यो निर्णयबाट तुलनात्मक रुपमा आकर्षक तलब पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन्। कार्यरत दक्ष कामदारले समेत रोजगार गुमाउने छन् ।

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एडमिनिस्ट्रेसन म्यानेजर, वेयर हाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमन रिसोर्स म्यानेजरजस्ता ‘ह्वाइट कलर जब’ मा विदेशीलाई रोक लगाइएको छ ।

यसैगरी अफिस ब्याय, ड्राइभर, रिसेप्सनिस्टको पदमा विदेशी नागरिकलाई काममा लगाउन नपाउने नीति ल्याएको छ।

साउदीमा झण्डै ५ लाख नेपाली कार्यरत छन् । जसको ३० प्रतिशत कामदार बजार, प्रशासनिक र प्राविधिक क्षेत्रमा कार्यरत रहेको अनुमान छ। नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी