२१ कात्तिक, एजेन्सी : साउदी अरबले छिमेकी यमनको सीमा नाका बन्द गरेको छ । साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले छिमेकी यमनको स्थल, सामुद्रिक तथा हवाई सीमा नाका बन्द गरेको हो । शनिबार साउदी राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि साउदीले सीमा नाका बन्द गरेको हो ।
साउदीले हालका निम्ति विद्रोहीहरुले थप अस्त्र तस्करी गर्न नपाउन् भनेर यमनका सीमा बन्द गरेको बताइएको छ । तर उसले मानवीय सहायताका कार्यमा भने अवरोध नगर्ने बताएको छ । साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोही विरुद्धको लडाईंमा यमनको सरकारलाई समर्थन गर्र्दै आएको छ ।
शनिबार रियादलाई निशानामा पारि हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि तनाव चर्किएको छ । साउदी अरेबियाले ती अस्त्र हुथीहरुलाई इरानले दिएको आरोप लगाएको छ । इरानले भने ती आरोप भड्काउपूर्ण र अन्यायपूर्ण भनेको छ ।
अढाई वर्षदेखि त्यहाँ भइरहेको लडाईंका कारण यमन ध्वस्त भएको छ । यमनका एक करोड असी लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायताको आवश्यकता रहेको बताइएको छ ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण