सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ जनाको मृत्यु

५ भदौ, मनिला – दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

Philippines_rebelsयस आक्रमणमा परी अन्य १० घाइते भएका छन । सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले सो आक्रमण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५:३० बजे सो आक्रमण भएको थियो । ती बन्दुधारीहरुले गाउँलेहरुलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दैै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिएका छन ।

यस आक्रमणमा कुनै समूहको हात रहेको हो सोको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ । हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा पनि लिएका छैनन । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण