March 5, 2017

सविन र पूर्णिमाको ‘बन्धन’,

चलचित्र ‘बन्धन’को पोष्टर रिलिज गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रको फस्टलुक रिलिज गरेका हुन् । पारिवारिक प्रेम कथामा तयार भएको यो चलचित्रलाई सिर्जना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रका कान्छा निर्माताको रुपमा चिनिएका शिशिर जय खरेलले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, पूर्णिमा लामा, कमल अधिकारीको साथमा बाल-कलाकार कन्चन ठकुरीको अभिनय छ । चलचित्रलाई समिर मियाले निर्देशन गरेका हुन् । bandhan-film

चलचित्रको प्रदर्शन मिति बैशाख १५ गतेलाई तोकिएको छ । सोहि कार्यक्रममा, बम्जन फिल्मस् र श्रृजना फिल्मस् प्रालिको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘गुलाबी’ को पनि घोषणा गरियो । सामाजिक र पारिवारिक प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

डीबी बम्जनको प्रस्तुतीमा तयार हुने यो चलचित्रलाई शिशिर जय खरेलले निर्माण गर्नेछन् । किरण माइकलले यो चलचित्रको कथा लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

भदौ २४, काठमाडौं : चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा

ओस्कारमा उत्कृष्ट फिल्मका लागि १९१७ र प्यारासाइटको भिडन्त

काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक

निभ्यो फिल्म क्षेत्रको आशाको दियो

  काठमाडौं ।  हृदयघातका कारण निधन भएका स्वर्गीय केशव भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको