सलमान : १६ जुलाई ‘कट्रिना दिवस’

salman-and-katrina-768x481

२१ जेठ – बलिउडमा सम्बन्ध टुट्न र जोडिन खासै समय लाग्दैन । ब्रेकअपपछि बोलचाल बन्द गरेर बसेका सलमान खान र कट्रिना कैफ अहिले यति नजिक भएका छन् । एक महिना पछि आउने कटि्रनाको जन्मदिन मनाउन सलमानलाई निकै हतार भैसकेको छ ।

१६ जुलाईमा कट्रिना ३४ वर्ष लाग्ने भएकी छिन् भने यसपाली उनले जन्मदिन अमेरिकाको न्युयोर्कमा मनाउने भएकी छिन् । न्युयोर्क इन्टरनेशनल इण्डियल फिल्म एकेडमी (आइआइएफए) मा सहभागी हुने तयारीमा रहेकी कट्रिनाले जन्मदिन त्यही मनाउने भएकी छिन् ।

उनले फिल्म फेष्टिभलमा सहभागी हुने सन्दर्भमा कुरा गर्दै भनिन्-‘यसपाली मेरो जन्मदिन पनि न्युयोर्कमा मनाउँछु, जुन मलाई मन पर्ने शहर पनि हो ।’ कट्रिनाको कुरामा सहि थाप्दै सलमानले भने- अब १६ जुलाईलाई कट्रिना दिवस भन्नुपर्छ । सिंगै अमेरिकाले कट्रिनाको जन्मदिन मनाउँछ ।’ सलमानको कुरा सुनेपछि कट्रिनाले हाँसेर हो हो भनिन् ।

पाँच वर्ष अघि कट्रिना आइफामा सहभागी भएकी थिइन् । यसपालीको सहभागीतालाई उनले आफ्नो लागि महत्वपूर्ण अवसर भएको टिप्पणी गरेकी छिन् ।

सलमान खानको साथमा ‘टाइगर जिन्दा हे’को सुटिङमा व्यस्त कट्रिनाले सलमानसँग काम गर्दा निकै रमाइलो हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं