राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो ।प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठमा लवज, भेषभूषा र पहिरनका आधारमा मात्रै मानिसलाई अपराधको सम्भावित कसुरदारका रुपमा व्यवहार गर्न नहुने उल्लेख छ ।’जुँगा, कपाल पालेका वा मुन्द्रा लगाएका आधारमा कुनै व्यक्तिलाई पक्राउ र दुव्र्यवहार गर्नु हुँदैन ।’ फैसलाको पूर्ण पाठमा भनिएको छ । आजको कान्तिपुरमा खबर छ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको
आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी
असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको