सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान

dijening-768x594

विश्वमै पहिलो पटक सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्वक किर्तिमान राखेका डिजे छेवाङ शेर्पालाई काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त गरेको किर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ ला पासमा ५ हवार ४ सय १६ मिटर उचाइमा डिजेइङ गरेर विश्व किर्तिमान कायम गरेका थिए ।

समारोहमा डिजे छेवाङले थोरङ ला पासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि नबन्ने धारणा व्यक्त गरे । छेवाङले नेपाली कलाकारको रुपमा आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा योगदान दिने उदेश्यले सवैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको पनि स्पष्ट पारे ।

भूकम्पपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका पर्यटन क्ष्ँेत्रको बारेमा नकारात्मक सन्देश गएकोमा डिजे छेवाङले उक्त गलत सन्देशलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन उक्त डिजेइङ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी