March 30, 2020

सर्वसाधारणलाई सिलिण्डर बोकाएर यातना दिने प्रहरीमाथि छानबिन हुने

यतिबेला सामाजिक सञ्जालमा केही तस्बिरहरु सार्वजनिक भइरहेका छन् जसमा लकडाउन तोडेको भन्दै सर्वसाधारणलाई प्रहरीले यातना दिइरहेका देखिन्छ ।

विहीबार साँझ औषधि किनेर फर्किरहेका एक युवालाई कलंकी मन्दिरमा एक प्रहरीले खुट्टा भाँचिनेगरी पिटे । अलि धूलो मैलो देखिने, गरिब गुरुवा र मजदुरहरु देख्नासाथ प्रहरीले निर्घात पिट्ने गरेका ती युवकले गुनासो गरे । ‘तर सँगै हिडिरहेका सुकिला मुकिला मानिसलाई प्रहरीले केही गर्दैन । केही सोध्दैन,’ उनले भने, ‘कम्तिमा पिट्नुअगाडि सोध्नु त पर्छ । म अत्यावश्यक कामको लागि गएको भनेर प्रमाण दिन सक्थेँ, तर प्रहरीले त्यो आवश्यक ठानेन ।’

ती युवाले साझापोस्टसँगको कुराकानीमा भने, ‘लकडाउन उल्लंघन गर्नेलाई जेल हाले पनि हुन्छ । तर वास्तविकता थाहा नपाई कानून उल्लंघन गर्दै कुटेर बहादुरी देखाउने काम प्रहरीले बन्द गर्नुपर्छ ।’

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा साइकलमा आइरहेका एक बालकलाई प्रहरीले निर्घात पिटेको देखिन्छ । त्यहाँ बालकले पैसा सकिएकोले सामान किन्न अंकलकोमा पैसा लिन जान लागेको भनिरहेको हुन्छ । तर प्रहरीले कुरै नसुनी निर्घात कुट्छ । तर प्रहरीसँगै केही मानिसहरु सुर्ती माडेर बसिरहेका हुन्छन् प्रहरीसँगै गफिँदै ।

कहीं प्रहरीले भाटाले पिटिरहेका देखिन्छन् भने कहीँ कुखुरा बनाएका । यही क्रममा तराई मधेसमा सशस्त्र प्रहरीले केही युवाहरुलाई कुटपिट गरेको तस्बिर सार्वजनिक भएको छ । साथै, पछिल्लो समय ग्यास बोकेर आइरहेका एक युवालाई एक महिला प्रहरी जवानले काँधमा सिलिन्डर बोकाएर बस्न लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त तस्बिरबारे नेपाल प्रहरी बोलेको छ । नेपाल प्रहरीले उक्त तस्बिरमाथि छानबिन सुरु भएको जनाएको छ । ‘सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं,’ नेपाल प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी