सर्लाहीकी संक्रमित युवती काठमाडौंमा भेटिइन्

जेष्ठ ४,काठमाडौं : सर्लाहीकी संक्रमित भनिएकी १९ वर्षीय युवती काठमाडौंको कपनमा भेटिएपछि तेन्जिङ चोक सिल गरिएको छ । उनलाई हिजो कोरोना संक्रमण भएको पुष्टि भएपछि आज सो क्षेत्र सिल गरिएको हो ।

 हिजो सर्लाहीको रामनगर गाउँपालिका ४ की किशोरीमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको थियो । ती युवती केही दिनअघि सर्लाही रामपुरबाट काठमाडौं आएकी हुन् ।ती युवती कपनस्थित एक फर्निचर उद्योगमा काम गर्ने गरेको पाइएको छ । ती युवतीसहित तीन जना केही दिनअघि सर्लाहीबाट लुकीछिपी मोटरसाइकलमा काठमाडौं आएका थिए। स्थानीय बासिन्दाले ती मानिसको परीक्षण गर्न माग गरेपछि पहिले आरडिटी विधिबाट गर्दा नेगेटिभ देखाएको थियो । पछि पिसिआर विधिबाट परीक्षण गर्दा ती युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

कण्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली अहिले कपन क्षेत्रमा पुगेको छ । ट्रेसिङपछि थप ठाँउ सिल हुन सक्ने बुढानिलकण्ठ नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने