सरोकारवालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्न नदिने

काठमाडौं,माघ १९, पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको छ । पुरानो जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो ।

यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो । स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध गरेको छ । सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ ।

कोष सञ्चालक समितिको गत बुधबार बसेको बैठकले जलहरी राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारका तर्फबाट ३० करोड रुपैयाँ उपलब्ध गराउने वचन दिएपछि सुनको जलहरी राख्ने कार्य अघि बढेको छ ।

तर मन्दिरका पुजारी, स्थानीय र सरोकारवाला व्यक्तिले भने सुनको जलहरी राख्न नदिने बताएका छन् । उनीहरुले ऐतिहासिक महत्त्वको मन्दिरको कुनै पनि वस्तु वा संरचना चलाउन नहुने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको