सरकार हतियार खरिद गर्ने निर्णयबाट पछि हट्यो

काठमाडौँ, २ साउन । आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन भनेको रकम रोकेको छ। ‘बजेट पनि रोकियो, अहिलेलाई हतियार खरिदको योजना पनि रोकियो,’ गृह मन्त्रालय स्रोतले भन्यो।

‘अर्थ मन्त्रालयले बजेट नदिने भनेको छ। मन्त्रीज्यूले पनि हतियार खरिदका लागि पैसा नभएको भन्नुभएको छ। त्यसकारण अहिलेलाई हतियार खरिद प्रक्रिया रोकिएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार गृह मन्त्रालयले हतियार खरिदमा चासो दिए पनि तत्काल हतियारभन्दा अन्य पूर्वाधारमै जोड दिने भएको छ। गृह मन्त्रालयका निमित्त प्रवक्ता एवं सहसचिव प्रदीप कोइरालाले हतियार खरिदबारे कुनै पनि प्रक्रिया अहिले अघि नबढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु