फागुन 14 । सरकारी कार्यालयबाट हुने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत दिइने भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी फागुन १५ देखि व्यवस्था मिलाउन लागेको जनाएको हो । २५ हजारभन्दा माथिको भुक्तानी गर्दा अनिवार्य रुपमा अनलाइनमार्फत उपलब्ध गराइने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखाले भुक्तानीका लागि नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा अनलाइनमार्फत भुक्तानी पठाउनेछ । अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी गराए ।
हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ ।
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा