सरकारलाई समितिको निर्देशन : रकम तोकेरै बाढी पीडितलाई राहात दिन

१ भदौ, काठमाडौं – बाढी पीडितलाई तत्काल राहत, शुद्ध पानी र अस्थायी बसोबासलगायतको सुविधा उपलव्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

Artha-samiti

सिंहदरबारमा आज बसेको व्यबस्थापिका संसद अन्तर्गतको अर्थ समिति बैठकले प्रभावित क्षेत्रमा महामारीको जोखिम बढ्दै गएको भन्दै संक्रामक रोग फैलन नदिन औषधिसहित चिकित्सकलाई पठाउन निर्देशन दिएको समेत दिएको छ ।

बैठकले विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गरेको छ । त्यस्तै समितिले बाढी प्रभावित क्षेत्रमा तत्काल पीडितको सुरक्षा र आवासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

समितिले बाढि, पहिरो र डुबानबाट मृत्यु भएकाका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरुले प्राकृतिक प्रकोपबाट भविष्यमा हुन सक्ने जोखिमलाई न्युनिकरण गर्ने ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी