सरकारलाई प्रचण्डको चेतावनी : निर्वाचन रोक्ने काम भयाे भने ठूलठूला षड्यन्त्र हुन्छन्

कात्तिक ९,काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन सार्ने काम गरिए विघटित संसद स्वतः पुनस्र्थापित हुने बताएका छन् । 

PM-Prachanda-airport-press-meet-12336321

बिहिबार लखन पन्तद्वारा लिखित आधुनिक नेपालको इतिहास नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले  प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने सुनिस्चितता भएकालेमात्रै संसद स्वतः विघटन  भएको तर्क गर्दै चुनाव नहुने अवस्था आए  संसद पुर्नस्थापना हुने बताए । उनले भने, ‘ अदालतले यो कुरा सबै बुझेको छ । निर्वाचन प्रक्रिया सुरु भई  मनोनयन समेत दर्ता भइसकेकाले संसद विघटन  गरिएको हो ।  यदी निर्वाचन रोकाउने काम भए संसद स्वत पुनःस्थापित हुन्छ ।’

उनले चुनाव नभए देश जटिलतातिर जाने चेतावनी समेत दिए । निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै  प्रचण्डले मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या नभएको समेत सो क्रममा बताए । उनले सरकारलाई चेतावनी दिँदै भने, ‘  निर्वाचनलाई प्रभावित गर्न खोजिए देश र संविधानको लागि राम्रो हुन्न । यो देशमा परिवर्तनकारी मिल्न खोज्यो भने ठूलठूला  षड्यन्त्र हुन्छन्, अहिले पनि भइरहेको त्यही हो ।’

प्रचण्डले संविधानको कार्यान्वयका लागि  पनि  तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड दिए । बुधबार सर्वोच्च अदालतले मतपत्र छपाइबारे निर्वाचन आयोगसँग जवाफ माग गरेपछि निर्वाचन सर्ने सक्ने खालका आशंकाहरु भइरहेको बेला प्रचण्डबाट यस्तो धारणा आएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने