सरकारमा कमल थापाको इन्ट्री : संविधान संशोधनको ढोका यसरी खोलिँदैछ

काठमाडौं  – ‘राप्रपासँग मेरो बैचारिक, राजनीतिक र दार्शनिक रुपमा कैयौँ मतभेदहरु छन् । तर किन–किन राप्रपा भनेपछि नजिक नजिक जस्तो लाग्छ, मिलौं मिलौँ जस्तो लाग्छ, कता हो कता भावनाले छुन्छ, सहकार्य गरौँ गरौँ लाग्छ, टाढा नजानुहोला ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले राप्रपाको गत फागुन ८ गते एकताको महाधिवेशनको उद्घाटन कार्यक्रममा भनेका शब्द हुन् यी ।

यस्तो भनाई राखेको झन्डै २ सातापछि प्रधानमन्त्री प्रचण्डले सरकारमा राप्रपालाई ठूलो उपहार दिएर सरकारमा भित्राएका छन् । उनले उपप्रधानमन्त्री सहित आफ्नो पार्टीका नेतृत्वमा रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सुम्पेका छन् ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सोही मन्त्रालय सम्हालेका राप्रपा अध्यक्ष थापा प्रचण्ड सरकारमा पनि नै भित्रिएका छन् ।


राजनीतिको तरकारीका आलु : जे मा पनि ठिक्क

राप्रपा अध्यक्ष कमल थापालाई राजनीतिका खेलाडी भन्दा पनि जुन तरकारीमा मिसाउदा पनि मिल्ने आलुका रुपमा विश्लेषकहरुले लिने गर्छन् । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रको सरकारमा गृहमन्त्री बनेर जनआन्दोलन दमन गरेका थापा संघीय गणतन्त्रको कार्यान्वयन गर्ने क्षणमा तत्कालीन बिद्रोहीका कमान्डर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका छन् ।

राप्रपा भित्रकै कतिपय नेताहरु भने उनलाई ‘अवसरबाद’को राजाको रुपमा लिन्छन् । राप्रपा नेपालमा छँदा पार्टीका लागि त्याग गरेका पूराना नेताहरुलाई लात हानेर एन्फाको भष्ट्राचारमा चुर्लुम डुबेका आफ्नै भाईलाई सभासद बनाएका थिए ।

नयाँ संविधान जारीपछि गत बर्ष असोजमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्री बनेका थापा सोही सरकार ढालेर बनेको दोश्रो सरकारमा समेत उही हैसियतमा प्रवेश गर्नु कुनै संयोग थिएन।

सत्ता टिकाउने कडी

एमालेले थालेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा भएको घटनामा ४ जना मधेसी मारिएपछि सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सरकारलाई आफ्नो माग पूरा गर्न ७ दिने अल्टिमेटम दिँदै सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सरकारका लागि यो एउटा आँउदै गरेको भूकम्प हो । भूकम्पको पूर्वसंकेतको दुईपछि नै प्रधानमन्त्री प्रचण्डले सत्ताको अंगगणितमा आफूतिरै पल्ला भारी पार्न राप्रपालाई सरकारमा भित्राएको बुझ्न गाह्रो पर्दैन । राप्रपा सरकारमा आएसँगै सरकारको अंकगणित बलियो भएको छ । सरकारलाई चाहिने २ तिहाई समर्थन अर्थात २ सय ९८ मत अब सुरक्षित भएको छ । अब नेपाली कांग्रेससँग १ सय ९६, माओबादी केन्द्र ८०, राप्रपा ३७, नेकपा संयुक्त ३, अखण्ड नेपाल १, समाजबादी जनता पार्टी १ गरेर सरकारको समर्थनमा ३ सय १८ मत दायाँबायाँ नहुने भएको छ ।


संविधान संसोधनको ढोका खोल्दै

सरकारको लागि टाउको दुखाईको महत्वपूर्ण विषय संविधान संसोधन पनि एक हो । संशोधनका लागि सरकारलाई अंक नपुगिरहेको बेला राप्रपा अध्यक्ष थापा सरकारमा जानुको रणनीतिक महत्व रहेको छ । संविधान संसोधनको विपक्षमा रहेको राप्रपा संसोधन प्रक्रियामा जाने सहमतिका साथ उपप्रधानमन्त्री लिएको स्पष्ट छ । राप्रपा नेपाल र राप्रपाको एकीकरणपछि उक्त पार्टीको ३७ सिट भएको छ । जसले संविधान संशोधन प्रक्रियामा बहुमत ल्याउनका लागि ढोका खोलको छ ।

दुधको साक्षी बिरालो : संघीयताविरोधी नै संघीय मामिला मन्त्री

कमल थापा यस्ता ब्यत्ति हुन् जसले शूरुमा संविधानसभाको नै बिरोध गरे । बिरोध गर्दै पहिलो संविधान सभाको चुनावमा प्रत्यक्षतर्फ एक सिट पनि नजिती समानुपातिक तर्फको मतबाट ४ सिट निकालेर तत्कालीन राप्रपा नेपाल संविधान सभामा प्रवेश गरेको थियो ।

दोश्रो संविधान सभा निर्वाचनमा पनि एक सिट नल्याएको राप्रपा नेपालले समानुपातिक मतबाटै २४ सिट हासिल गरेको थियो ।

निरन्तर रुपमा संघीय प्रणालीको बिरोध गर्दै आइरहेका थापा यतिबेला संघीयता कार्यान्वयन गर्ने मन्त्रालयमै पुगेका छन् । रोचक बिषय अब संघीयता विरोधीले नै संघीयता कायम गराउन अग्रसर हुने भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न