११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को अग्रता कायम रहेको छ । नेपाली काङ्ग्रेस दोस्रो स्थानमा रहेको छ भने पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिन्दै तेस्रो नम्बरमा आईपुग्दा नेकपा(माओवादी केन्द्र) चौथो नम्बरमा पुगेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) २४ लाख ७८ हजार ५४४ मत प्राप्त गरेर पहिलो स्थानमा छ । त्यस्तै नेपाली कांग्रेसले २३ लाख ५६ हजार १९० मत पाएर दोश्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत प्राप्त गरेर तेश्रो स्थानमा उक्लिंदा माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएर चौथो स्थानमा पुगेको छ ।
पाँचौं पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८०१ मत प्राप्त गर्दा ३ लाख ९ हजार ५८६ मत प्राप्त गरि जनता समाजवादी पार्टी,नेपाल छैटौं स्थनमा रहेको छ । त्यस्तै,सातौँ स्थानमा जनमत पार्टीले २ लाख ४३ हजार ४९४ मत प्राप्त गरेको छ ।
यता एकीकृत समाजवादी भने आठौँ स्थानमा छ । यो पार्टीले हालसम्म २ लाख ४१ हजार ८५७ मत पाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३३ हजार ७७२ मत पाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द