९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत प्राप्त गर्दै दोस्रो स्थनमा रहेको छ भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय २७ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै,अहिलेसम्मको प्राप्त मतको आधारमा (माओवादी केन्द्र) भने चौथो स्थनमा रहेको छ । उसले चार लाख ४० हजार ७ सय १६ मत पाएको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी दुई लाख ५४ हजार ३ सय ९३ मत सहित पाँचौँ स्थानमा रहेको छ। त्यस्तै,जनता समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय ५५, जनमत पार्टीले ७५ हजार ८ सय १०, एकीकृत समाजवादी ७० हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ५१, नेपाल मजदुर किसान पार्टीले ५६ हजार ९ सय १ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५३ हजार २ सय ९१ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३१ हजार ४ सय ९४ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २७ हजार ७ सय ५ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १९ हजार ६ सय ८३ मत पाएको छ ।
अहिलेसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो स्थानमै रहेको छ भने एमालेलाई नेपाली काङ्ग्रेसले पछ्याई रहेको छ । छोटो समयको बाबजुद निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान कायम गर्दा प्रचण्ड नेतृत्वको (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पछि परेका छन ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द