असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट सुरु भएको भेलामा करिब १५ सय सहभागी रहेका छन् । मिनी महाधिवशेनको रुपमा पनि चर्चित यो भेलामा तीनजना नेताको खोजी खुबै गरियो । मन्त्री पद छोड्नुपर्ने भएपछि खुबै असन्तुष्ट देखिएका उनीहरु हिजोको भेलामा गएनन ।
नेता विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठले अघोषित रुपमा बहिस्कार गरेको भेलामा रामकुमारी झाँक्री भने सहभागी थिइन । यी जना नेताहरु पार्टी निर्णयप्रति असन्तुष्ट थिए त्यही कारण उनीहरु भेलामा नगएको चर्चा पनि भइरहेको छ ।
आलेले शनिवारको केन्द्रीय कमिटी बैठक पनि बहिस्कार गरेका थिए । २०७९ असार १० गते शुक्रवारको पोलिटव्युरो बैठकमा ४८ घण्टाभित्र मन्त्री छोड्ने उद्घोष गरेका आले भोलिपल्ट बिहानै डोटीतिर लागेका थिए । दिउँसोको केन्द्रीय कमिटी बैठक छलेर डोटीको सामान्य कार्यक्रममा सहभागी भएर असार १२ गते आईतवार बिहान काठमाडौै आए अनि दिउँसो राजीनामा दिए ।
केन्द्रीय कमिटी बैठक समेत छलेका आले केन्द्रीय परिषद् भेलामा समेत नगएपछि पार्टीभित्र उनीप्रतिको आशंका भने बढेको समाजवादीका नेताहरुले बताउन थालेका छन् ।
कतिपयले आले चुनावको बेलासम्म एकीकृत समाजवादीमा नरहने बताउने गरेका पनि छन् । किसान श्रेष्ठ पनि चुनावसम्ममा एमाले प्रवेश गर्न सक्ने हल्ला पनि चलेको छ । एमाले प्रवेश गर्दा उनकाे निर्वाचन क्षेत्र समेत सुरक्षित हुने अवस्था छ ।
अहिले सांसद पद छोडेर उनीहरु एमालेमा नगएपनि अन्तिमसम्ममा समाजवादीमा भने नरहने चर्चा भइरहेको छ । यस्तो बेलामा नेकपा एकीकृत समाजवादीकाे भेलामा अनुपस्थितिले आशंकालाई थप बल दिएको बताइएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।