समयाभावका कारण एमालेद्वारा दायर रिटको सुनुवाइ भएन

काठमाडौं, भदाै २९ः पटक–पटक सरकार विस्तारका लागि मिति सारिरहेको सत्तारूढ गठबन्धनको सोमबारको तयारी पनि पुनः पछाडि धकेलिएको छ ।एमालेका अध्यक्ष ओलीद्वारा सर्वोच्च अदालत दायर गरिएको रिट निवेदनको सोमबार सुनुवाइ भएपछि सरकार विस्तार गर्ने भनिएको थियो । तर, समयाभावका कारण सोमबार उक्त रिट निवेदनमाथि सुनुवाइ नै हुन नसकेपछि सोमबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना पनि टरेको हो । सत्तारूढ दलका नेताहरूले उक्त रिट निवेदनको सुुनुवाइ नहुँदै सरकार विस्तार गर्दा पछि अप्ठेरो पर्ने भन्दै सरकार विस्तारका लागि सुनुवाइ पर्खेका थिए ।

न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सोमबार उक्त रिट निवेदन पेसीमा चढाइएको थियो । सो रिट निवेदनको सुनुवाइ गर्ने पालो ‘ग’ मा रहेको थियो । कार्की र खड्काको संयुक्त इजलासले ‘क’ र ‘ख’ को मात्र सुनुवाइ गर्न भ्यायो तर ‘ग’ को चाहिँ सुनुवाइ गर्न भ्याएन । सर्वोच्च अदालतको वेवसाइटमा उक्त रिट निवेदनको ‘हेर्न नभ्याइने’ भनेर उल्लेख गरिएको छ ।

एमालेले पार्टीबाट निस्कासित गरिएका १४ जना सांसदलाई कारबाही गर्न गरेको मागलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई अटेर गरेकाे उल्लेख गर्दै अध्यक्ष ओलीले ती १४ जनालाई सांसद पद खोस्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । अध्यक्ष ओलीले निर्वाचन आयोगले सांसद पदबाट निष्कासन गर्नुपर्नेलाई नयाँ पार्टी दर्ता गर्न अनुमति दिएको उल्लेख गर्दै आयोगको सो कार्य पनि बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले गत भदौ २१ गते उक्त रिट निवेदनमाथि सुनुवाइ गरी अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा निर्णय गर्न सोमबारका लागि समय तोकेको थियो । महान्यायाधिवक्ता खम्मबहादुर खातीले यस विषयमा आफूले रिट निवेदनको विपक्षबाट बहस गर्नका लागि तयारी गरेको नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी