September 9, 2017

सफल बन्न घृणालाई गुरु मान्ने कि ? – रामकुमार श्रेष्ठ

हरेक नराम्रा तत्व महान गुरु हुन । राम्रो र नराम्रो सापेक्षित हुन्छ र नराम्रोको अस्तित्व बिना राम्रो अस्तित्ववान हुनै सक्तैन । संसारको जुनसुकै कुनामा गए पनि नराम्रोको संख्या ठूलो र राम्रोको संख्या तुलनात्मक रुपमा अत्यन्तै सानो हुन्छ र कहिलेकहीँ त राम्रोलाई बाँच्न र बचाउन ठूलै संघर्ष गर्नु पर्ने हुन्छ । जति कठिन र जटिल ब्यवधान र अबरोधका बाबजुद पनि नकारात्मक बातावरणबाट आफूलाई जोगाएर केही गर्न सकिन्छ त्यत्ति नै राम्रो पक्षको महत्व पनि बढ्न जान्छ ।
एउटा इमान्दार नेता वा कर्मचारी ठाउँमा पुग्दा त्यहाँको नराम्रो बातावरणले राम्रो काम गर्न पनि कत्ति संघर्ष गर्दा समेत सफल हुन नसकेका उदाहरणको हामी कहाँ अभाव छैन । अझ कतिपय अवस्थामा त त्यस्तालाई बदनाम गराउन अनेकन नाटकको मञ्न्चन गरिन्छन् पर्दा अगाडि र पछाडिबाट । पर्दा अगाडिबाट काम गर्ने गराइने त चिनिन्छन नै, पर्दा पछाडिबाट काम गर्नेको बारेमा पनि मानिस अनभिज्ञ हुन्छ नै भन्ने छैन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा राजस्व संकलन गर्न र प्रधानमन्त्री हुँदा बाटो फराकिलो गर्न कति संघर्ष गर्नु पर्‍यो ।

पूर्व मन्त्री लालबाबु पण्डितले मन्त्री हुँदा शुरु गर्नु भएको मिशन पूरा गर्न ज्यान मारिने धम्की समेत सामना गर्नु पर्‍यो । भीमसेन थापाले देशका लागि गर्दा गर्दा पनि सेरिएर मर्नुपर्‍यो, तर भीमसेन थापालाई सेरिनु पर्ने अवस्था सिर्जना गर्नेलाई होइन हामी भीमसेन थापालाई नै पुजिरहेका छौं । बृहस्पतिलाई झुटो साबित गर्न सबै एकजुट भएपनि एक्लो बृहस्पति झुटो भनेर बृहस्पतिलाई नै पुजिरहेका छौं । विबभिन्न कारणले गर्दा पद पाउन नसके पनि नेपाली कांग्रेसका प्रदिप गिरी र कूलबहादुर गुरुङप्रति आदर जनाउने नेपाली कांग्रेसभन्दा बाहिर पनि ठूलो संख्यामा मानिसहरू भेटिन्छन् । कमलको फूल गुलाफको फूलको बीचमा फुल्ने गर्दथ्यो भने कमलको फूलको महत्व के हुन्थ्यो होला र ? हिलोको बीचमा फुल्ने भएकाले नै कमलको फूलको कत्रो महत्व छ । त्यसैले एउटा मिशनमा लाग्दा बिभिन्न किसिमबाट अबरोध, ब्यवधान सिर्जना गर्नेहरूलाई गुरुको रुपमा स्वीकार, किन कि उनीहरूकै कारण तिमी अझ उर्जावान बन्न सक्छौ । उनीहरू हिलो हुन र आफ्नो धर्म पूरा गर्दैछन, तिमी उनीहरूलाई गुरु मान्दै त्यही हिलोका बीच कमलको फूल बन्ने प्रयास गर ।

अरुलाई त्यही हिलो देखाउँदै शिक्षा दिने अबसर प्राप्त गरिरहेका छौ कि त्यस्तो हिलो होइन त्यो हिलोको बीचको कमलको फूल बन्नु भनेर । जाँड खाएर नालीमा लडिरहेको एउटा जड्याहाले कति राम्रो शिक्षा दिइरहेको छ कि उसलाई धेरैले घृणा गर्ने भएकाले ऊ जस्तै जड्याहा नबन्नु भनेर । त्यत्ति राम्रो शिक्षा दिनेलाई गुरु भन्न् र मान्न कन्जुस्याइँ गर्ने किन ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा