सपना चकनाचुरपार्ने सुशीलालाई हटाउन बाटो खोज्दैछन् देउवो

Sushila_Karkiनवराज सिलवाललाई पक्राउ गर्ने योजना असफल भएपछि तिलमिलाएका कांग्रेस सभापति शेरबहादुर देउवा सहितको एउटा समूह प्रधानन्यायाधीश सुशील कार्कीलाई हटाउने अभियानमा सक्रिय रहन थालेका छ । प्रधानमन्यायधीश कार्कीलाई महाअभियोग लगाएर भए पनि हटाउने विषयमा नेपाली कांग्रेसले गोप्य छलफल चलाएको स्रोतले दाबी गरेको छ ।

 स्रोतका अनुसार उक्त छलफलमा बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सुशील पन्त लगाययतका कानुनविद्हरु सहाभागी थिए । स्मरण रहोस, पन्त अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको तर्फबाट बहस गर्ने कानुन व्यवसायी हुन र उही लोकमानलाई मकहाभियोग लगाएकै शैलीमा प्रधानन्यायधीश कार्कीलाई महाभियोग लगाएर हटाउने सम्बन्धमा सभापति देउवाले कानुनविद्हरुसँग छलफल गरेका हुन ।

स्रोतका अनुसार,प्रधानन्यायधीश कार्कीलाई महाअभियोग लगाउने विषयमा देउवा निवास वूढानिलकण्ठमा छलफल भएको छ । पछिल्लो समय सर्वोच्च अदालतले सरकार र कांग्रेसमाथि हस्तक्षेप गरेको सभापति देउवाले निस्कर्ष निकालेका छन् । कांग्रेस सभापति देउवाले महाअभियोग लगाउने आधार र प्रक्रियाका विषयमा बुधवार केही कानुन ब्यवसायीलाई निवासमा नै बोलाएर छलफल गरेको जनाइएको छ । शीर्ष दलहरुको बैठक बस्नुअघि उनले महाअभियोग लगाउने विषयमा छलफल गरेको स्रोतले दावी गरेको छ ।

देउवाको इन्ट्रेस्ट थियो आफ्नै क्षेत्रका जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्नै सो योजनालाई उनै सुशीला कार्कीले इजलाशले रोकिदिएको थियो । यस पछाडि उनै देउवाले अर्काे अस्त्र चाले नवराज सिलवाललाई सरकारी कागजात दलुरुपयोग गरेको आरोप लगाई थुन्ने यो प्रयासलाई समेत सर्वाेच्च अड्चन थासिपदियो । सिलवाललाई १९ गतेभन्द्या अगाडि पक्रेर जेल हाल्ले उनीहरुको योजना भाँडिएपछि विचलित भएका देउवाले कानुन व्इवसायीहरुलाई आफ्नो निवासमा बोलाएर छलफल चलाएका हुन ।

पछिल्लो समय आईजिपी नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको अल्पकालिन अन्तरिम आदेश ‘प्रहरी ऐन र नियमावली विपरित आएको भन्दै कार्कीमाथि महाअभियोग लगाउनु पर्छ भन्ने विषयले प्राथमिकता पाएको छ । देउवाले बरिष्ठ अधिवक्ता अधिकारीलाई हरेर ड्राफ्ट तयार गर्न समेत आग्रह गरेका थिए । केही कानुन व्यवसायीले कार्की विदा हुने बेला त्यस्तो निर्णय लिदा कांग्रेसलाई नै बेफाइदा हुने भएकाले त्यस्तो कदम चाल्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने