सनी लियोनी : मलाई दिनकै ज्यान लिने धम्की आउँछ

 आगामी फिल्म ‘पद्मावती’ लाई लिएर राजपूत करणी सेनाले फिल्मका निर्देशक संजय लिला भंसालीको शिर शरीरबाट अलग गरिदिने धम्की दिएका छन् भने अभिनेत्री दिपिका पादुकोणको नाक काट्ने चेतावनी पनि आएको छ । यसै मुद्दामा सनी लियोनीले पनि कलाकरहरुको साथ दिँदै नयाँ खुलासा गरेकी छन् ।

sunny-leone_1510988939

उनले भनिन् , ‘यदि मैले तपाईहरुलाई हिजोअस्तिका म्यासेजहरु देखाउने हो भने सबै चकित पर्नुहुनेछ । मलाई यस्ता ज्यान लिने धम्की सधैँ आउने गरेका छन् । हरेक दिन मानिसहरुले मलाई अनौठा धम्की दिने गरेका छन् । पछिल्लो ६ वर्ष मानिसहरुले मविरुद्ध विभिन्न क्रियाकलाप गर्दै आएको मैले धेरै देखेको छु । तर यस्ता कुराले मलाई केही फरक पार्दैन । यस्ता धम्कीले ममा कुनै परिवर्तन ल्याउन सक्दैनन् । म खुसी छु कि म बलिउडमा काम गरिरहेकी छु ।’

यसका साथै सनीले यस्ता धम्कीबाट बच्ने उपायका बारेमा समेत बताएकी छन् । उनी भन्छिन् , ‘पहिलो कुरा तर यस्ता धम्कीप्रति कुनै प्रतिक्रिया दिनुहुँदैन र यिनका बारेमा कुरा पनि गर्नु हुँदैन । किनकी हामीले खराब मानिसलाई चर्चामा आउने मौका किन दिने ? सेलिब्रेटी भएपछि यस्ता समस्यासँग डराउनु हुँदैन । कुनै बेला अवस्था गम्भीर भएमा चाहिँ तुरुन्तै पुलिसलाई खबर गर्ने गर्नुपर्छ । कुनै बेला मैले पनि एक त्यस्तै दुष्ट मानिसको ट्वीटर अकाउन्ट बन्द गराइदिएकी थिएँ ।

कलाकरका लागि सबैभन्दा भयानक अवस्था तब सिर्जना हुन्छ जब कुनै राजनेता वा धार्मिक संगठनका लिडरले धम्की दिन्छन् तर नोक्सान पुर्याउँदैनन् । यस्तोमा हामीले पुलिसलाई पनि गुनासो गर्न मिल्दैन र साथै उनीहरुका फलोअरले पनि हामीलाई हेला र अमानवीय व्यवहार देखाउन थाल्छन् ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं