सधैं विपक्षी गठबन्धनमा रहन सकिदैन, परिस्थिति बुझिदिनुहोस्

अहिलेसम्म यो गठबन्धनलाई हाम्रो साथ सहयोग रह्यो, अबका दिनमा गठबन्धनमा साथ नरहन सक्छ, एमालेलाई एकतावद्ध बनाउने अभियान शुरुभइसकेकाले एमालेमै रहेर पार्टीको निर्णयअनुसार अघि बढ्ने नेता नेपालले बैठकमा बताउनुभएको बैठकमा सहभागी नेता रघुजी पन्तले बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि एक महिनापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलामा पार्टीको निर्णयअनुसार अघि बढ्ने नेता नेपालले बैठकमा भन्नुभएको नेता पन्तले बताउनुभयो । एमालेलाई एकतावद्ध बनाउने गरी कार्यदलले सहमति गरिसकेको र पार्टीलाई विधि पद्धतिअनुसार अघि बढाउन आफ्नो भूमिका एमालेभित्र रहने नेता नेपालले बैठकलाई जानकारी गराउनुभएको थियो ।

नेता नेपालले बैठकमा राख्नुभएको धारणालाई उदृत गर्नुहुँदै नेता पन्तकाअनुसार लोकतन्त्र, संघीयता, संविधान र नागरिक अधिकारको रक्षाका लागि विपक्षी गठबन्धनलाई साथ दिएको धारणा नेपालले राख्नुभएको थियो । संविधानको रक्षाका लागि आफू एमालेभित्र रहेर पनि सहयोग गर्ने उहाँको भनाई थियो ।

“अहिले नयाँ परिस्थिति सिर्जना भएको, एमाले पनि एकतावद्ध हुने अवस्थामा पुगेकाले यो परिवर्तित अवस्थालाई बुझिदिन म सबैमा आग्रह गर्दछुँ” नेता नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग आग्रह गर्नुभएको थियो । नेता नेपाललाई उदृत गर्नुहुँदै नेता पन्तले भन्नुभयो, “सबै राजनीतिक दलसँग सरसल्लाह लिएर अगाडि बढ्नुहोस, लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको रक्षाका लागि सबै दल एक भएर अघि बढ्न आवश्यक छ, यसमा मेरो जहिले सहयोग रहन्छ ।”

एमाले एकता प्रक्रियालाई प्रभावकारी ढंगले अघि बढाउन आफू पनि तयार रहेको बताउनुहुँदै नेता नेपालले परिस्थिति बुझिदिन नेताहरुसँग आग्रह गर्नुभएको नेता पन्तले जानकारी दिनुभयो । देश र जनताको संघर्ष र बलिदानले लोकतान्त्रिक गणतन्त्र प्राप्त भएकाले त्यसकालागि आफ्नो सदैव सहयोग रहने नेता नेपालले बताउनुभएकोे नेता पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक