सत्ता छाड्नुअघि संविधान संशोधन प्रस्ताव पास गराउन प्रधानमन्त्री असफल

prachanda88999काठमाडौं, २६ वैशाख । जेठ पहिलो साता सत्ता नेतृत्व नेपाली काँग्रेसलाई हस्तान्तरण गर्नुअघि नै मधेस मुद्दा सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव पास गराउन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल भएका छन् ।

मंगलबार सहमतिका लागि मधेसी मोर्चा तथा संघीय गठबन्धनको प्रमुख घटक राष्ट्रिय जनता पार्टीका नेता तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सत्ता साझेदार नेपाली काँग्रेसका नेताहरू सहितको बैठकमा आफु निक्कै अप्ठेरोमा परेको गुनासो ‘प्रचण्ड’ले गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार बैठकमा एमालेले प्रमुख तीन दलले संशोधन प्रस्ताव परिमार्जन गरी पास गराउनका लागि पहल गर्नुपर्ने प्रस्ताव राखेको थियो । तर, मधेसी दलका नेताले उक्त प्रस्तावमा कुनै परिमार्जन नस्वीकार्ने जनाउँदै चुनावमा नजाने बरु आन्दोलनमा जाने धम्की दिएको स्रोतले जनायो । सरकारले एक पटक पेश गरेको संशोधन जसरी पनि पास हुनुपर्ने राजपाका नेताहरूको अडान थियो । तर, एमालेका नेताहरूले भने एकतर्फी अडान र बलका भरमा संशोधन पास गर्न नदिने बताएका थिए । ‘प्रचण्ड’ले बीचको बाटो अपनाएर जानका लागि गरेको प्रस्तावलाई मधेसी दल र एमालेका नेताले पनि मानेनन् । ‘संशोधन पास गराउने बेला पुगेको ४०१ सांसद संख्या अब छैन, परिमार्जन पनि दुवैलाई स्वीकारयोग्य हुने गर्नुपर्नेछ । सहमति खोजौं भन्दा मधेसी नेताले मानेनन्’, बालुवाटार स्रोतले भन्यो,‘पुरानै प्रस्तावमा अघि बढौं न त भन्ने अर्को प्रस्ताव त एमालेले ठाडै अस्वीकार गरेको छ ।’

स्थानीय चुनाव ३१ जेठमा हुने निश्चित भएको अवस्थामा त्यसअघि नै संशोधन पास हुने आश्वासन दिएर संसद रोकेकोमा ‘प्रचण्ड’लाई मधेसी दलका नेताले जवाफ मागेका थिए । तर, ‘प्रचण्ड’ले ४ जेठमा नै संशोधन पास गराउने अधिकतम पहल हुने जनाएका छन् । ‘प्रचण्ड’ आफैंलाई पनि अंकगणितिय संसदीय खेलमा बहुमत आउन नसक्ने लागेका कारण उनले बैठकमा  पहल मात्र गरिने बताएका थिए । राप्रपा सरकारमा रहँदा संशोधनका पक्षमा बहुमत पुग्ने अवस्था रहेपनि सरकारबाट उसको बहिर्गमन र विजय गच्छादारलाई ल्याएपछि राप्रपाले सहयोग गर्न कठिन रहेको बैठकमा ‘प्रचण्ड’ले मधेसी दलका नेतालाई सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी