सत्ताधारी दलको चुनावी गठबन्धन बन्न नदिने एमालेको रणनीति

Uml-Samsadiya-dal-768x424२३ चैत, काठमाडौं । नेकपा एमालेले पनि स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै साना दलसँग सहकार्यको हात बढाएको छ ।

स्थानीय तहको चुनाव नजिकिदै जाँदा एमालेले आफूविरुद्ध मोर्चाबन्दी कसिलो हुन नदिन रणनीतिक योजना बनाउँदैछ । एमालेले सत्तारुढ गठबन्धनलाई चुनावी गठबन्धनमा परिणत हुन नदिन राप्रपासँग सहकार्यको हात बढाएको हो ।

यसपटक देशभरका अधिकांश स्थानीय तहमा कांग्रेस र एमालेबीच नै तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । तर, कांग्रेस वा एमालेमध्ये कुनलाई पहिलो बन्ने भन्नेमा माओवादी केन्द्र र राप्रपाको मत निर्णायक हुने सक्ने देखिन्छ ।

पछिल्लो समय एमालेले राप्रपासँग स्थानीयस्तरमा तालमेल गर्न सकिने गरी छलफल अघि बढाएको स्रोतले जनाएको छ । मंगलवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच यसै विषयमा वार्ता भएको थियो ।

एमाले र राप्रपाका नेताहरुबीचको वार्तामा आसन्न स्थानीय तहको निर्वाचनमा देशभक्त र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भन्ने कोणबाट छलफल भएको छ । यो भनेको स्थानीय तहमा एमाले र राप्रपा मिलेर जाने भन्ने नै हो ।

तर, दुवै पार्टीका नेताहरुले चुनावी तालमेलको विषय अहिले नै परिपक्क नबनेको बताएका छन् । भेटमा सहभागी एमाले स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख ३१ मा स्थानीय चुनाव सुनिश्चित गर्नका लागि छलफल भएको बताए ।

उनले देशलाई माया गर्ने शक्तिहरु स्थानीय चुनावमा एकठाउामा उभिनुपर्ने अवस्था रहे पनि अहिले नै त्यसबारे बोल्ने बेला नआएको बताए । नेम्वाङले भने, ‘अहिलेको मुख्य विषय चुनाव जसरी पनि गराउनुपर्छ भन्ने हो । यसका लागि हामी सरकारलाई जुनसुकै सहयोग गर्न तयार छौं ।’

एमाले – राप्रपा एकअर्काको साथ खोज्दै

राप्रपा सत्तारुढ दल हो । तर, उसले चुनावी सहकार्यका लागि भने प्रमुख विपक्षी दल एमाले रोजेको छ । मंगलबार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफल सहकार्यमै केन्द्रीय रहेका नेताहरुले बताएका छन् ।

छलफलमा राप्रपाले देशभर नभई जिल्लागत रुपमा तालमेल गर्ने मनसाय देखाएको छ । एमाले नेतानहरुले पनि पनि एकले अर्काको सहयोग लिएर दुवैले जित्ने अवस्था भएका ठाउँमा तालमेल गर्न सकिने बताएका छन् ।

राप्रपाका एक नेताले भने-एमाले हाम्रो बलमा पहिलो शक्ति बन्न चाहन्छ र हामीलाई पनि प्रमुख शक्ति बन्न कसै न कसैको साथ चाहिएको छ । त्यसैले हामी एमालेसाग नजिक छौं ।’

केपी ओली सरकारमा उपप्रधानमन्त्री रहेका कमल थापाले अन्तिमसम्म साथ दिएका थिए । प्रचण्ड सरकारमा पनि नगएका थापा राप्रपासँग पार्टी एकता गरेर अध्यक्ष बनेपछि ‘चुनाव सुनिश्चित गर्न’ भन्दै सरकारमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी