सडक-पुल बनाउने जिम्मा सेनालाई किन ?

सरकारले प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचनअगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक–पुल मर्मत तथा पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको  छ ।

सरकारको बुझाइ
सुरक्षा तथा सहज आवतजावतका लागि  सडक, ढल, कुलो र गोरेटो बाटो मर्मत तथा पुनर्निर्माण द्रुत गतिमा गर्न सेनालाई जिम्मा दिन लागिएको हो । सेनामार्फत ती क्षेत्रमा पुनर्निर्माण र मर्मतको काम सहज हुने बुझाइ सरकारको छ । 

समन्वय गरी मर्मत
सेनाले सरकारको निर्देशनअनुसार जिल्ला निकायसँग समन्वय गरी मर्मत गर्नेछ । अहिले कैयन् स्थानमा मर्मतमा संलग्न भएकाले पनि सबै क्षेत्रमा सेनालाई नै जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको हो ।

सेनालाई किन ?
सेनामार्फत काम गराउँदा निर्वाचनको सुरक्षा तथा काममा सहज हुने विश्वास सरकारको छ । तराईमा हुने काम स्थानीय निकायले गर्दा ढिलाइ हुने र अधिकांश काम कागजमा मात्र पूरा हुने विगतको अनुभवका आधारमा यस्तो निर्णयमा सरकार पुगेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने