सञ्चारमन्त्री बस्नेत : सञ्चारमैत्री वातावरण बनाउनेछु

२० साउन,काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

प्वाइन्ट मिडिया प्रालिद्वारा सञ्चालन हुँदै आएको अर्थ र व्यापार साप्ताहिकको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘आर्थिक समृद्धिमा संघीयताको भूमिका र संघीयतामा पर्यटकीय गन्तव्य विकासको सम्भावना’ विषयक अन्तत्र्रिmयामा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

मन्त्री बस्नेतले सञ्चारको विकास भएमात्र मुलुकको विकास हुने हुँदा यसको विकास आफ्नो प्रमुख प्राथमिकता भएको बताउँदै “सञ्चार क्षेत्रमा लागेका मानिसहरुको भविश्य अन्योलमा छ यो क्षेत्रलाई मैले राम्रोसँग बुझेको छु”, भन्नुभयो । 

सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आफूलाई मौखिक र लिखित सुझाव दिन सञ्चारकर्मीसँग आग्रह गर्दै उहाँले स्थानीय तहको निर्वाचनसँगै मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको धारणा व्यक्त गर्नुभयो । तीनवटै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा लैजाने सरकारको प्रमुख लक्ष्य रहेको पनि मन्त्री बस्नेतले बताउनुभयो । 

ट्रेकिङ एजेन्स् एशोसिएसन अफ नेपाल ९टान०का पूर्वअध्यक्ष ज्योति अधिकारीले पूर्वाधार विकास भएमात्र देशको विकास हुने बताउँदै पूर्वाधार निर्माणका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुक निर्माणका लागि सञ्चारकर्मी गम्भीर हुनुपर्छ ।” 

पर्यटन व्यवसायी रामप्रसाद थपलियाले संघीयताको विकाससँगै पर्यटनको विकास गर्न सके देश विकासको बाटोमा अगाडि बढ्ने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अत्यधिक सम्भावना भएको क्षेत्र पर्यटनलाई मुलुकले प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदीप न्यौपानेले पत्रकारिताको माध्यमबाट अर्थ र व्यापार पत्रिकाले पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पाँच वर्ष अगाडि अर्थ र व्यापार मासिकका रुपमा स्थापना भएको अर्थ र व्यापारले प्रविधिमा आएको परिवर्तनसँगै अर्थ र व्यापार डटकम अनलाइनसमेत सञ्चालन गरेको संस्थाका प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिनुभयो । 

कार्यक्रममा यो वर्षको अर्थ र व्यापार अवार्ड व्यवसायी ओमप्रसाद उप्रेती र पत्रकार शरदराज सुवेदीलाई प्रदान गरिएको थियो । दुबईमा बसेर व्यवसाय गर्दै आउनुभएका युवा व्यवसायी उप्रेतीलाई सम्मानपत्र र दुई दशकदेखि गोरखापत्र संस्थानमा आर्थिक क्षेत्रमा कलम चलाउँदै आउनुभएका पत्रकार सुवेदीलाई रु १५ हजार नगद र सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने