January 11, 2020

सङ्गीतबाट निको हुन्छन् धेरै रोग

सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’’

उहाँले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिए । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ ।

सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर दुवै खाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण