January 8, 2020

सगरमाथा मापन योजना : स्थलगत काम सकियो

नेपाल सरकारले पहिलो पटक सुरु गरेको सगरमाथा मापनको स्थलगत काम सम्पन्न भएको छ । सम्पूर्ण तथ्याङ्क प्रशोधन गर्न भने अझै तीन महिना लाग्नसक्ने अनुमान छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सन् २०१९ को डिसेम्बरसम्म सगरमाथाको उचाइ नै सार्वजनिक गर्ने योजनाका साथ नापी विभागले काम सुरु गरेको थियो । गत असारसम्म फिल्डको काम सक्ने तालिका रहेकोमा पुस पहिलो हप्ता मात्र फिल्डको काम सकिएको हो ।

दुई वर्षअघि बङ्गालको समुद्री सतहको बिन्दुलाई आधार मानेर सगरमाथा मापनको काम सुरु गरिएको थियो । धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुर, सिन्धुली, भोजपुर, खोटाङ, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र दोलखा जिल्लामा मापनको काम गरिएको हो ।

नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले वर्षाका कारण नियमित काम गर्न नपाउँदा समयमा काम सम्पन्न गर्न नसकेको बताए । उनले भने, “मौसम प्रतिकूल हुँदा दुई पटक काम अवरुद्ध भयो । ”

तथ्याङ्क सङ्कलन भएको कम्तीमा छ महिनाभित्र प्रशोधनको काम सकिने अनुमान गरिएको थियो । उनले सुरुदेखि तथ्याङ्क सङ्कलन र प्रशोधनको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै चाँडै काम सक्ने बताए। ग्य्राभिटी सर्भे र ट्रिगोनोमेटिक लेभलिङ विधिबाट सगरमाथा मापन गरिएको हो । हिमाली क्षेत्रमा अनुकूल मौसममा मात्र काम गर्नुपर्छ । ट्रिगोनोमेटिक लेभलिङ विधिले सगरमाथा क्षेत्रका १२ बिन्दुबाट चुचुरोसम्म पुगी मापन गरिएको थियो ।

जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी नापी विभागको टोलीले यसको मापन गरेको थियो । चुचुरोमा एक घण्टा १६ मिनेट मेसिन राखी मापन गरिएको थियो । मापन गर्न जीएनएसएस रिसिभर र जीपीआर मेसिन लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण